Thursday, January 19, 2017

गनगन...

पुज्यनिय बाबा,
साष्टङ्ग दण्डवत ।

धेरै दिनदेखिको मनको उकुसमुकुस शान्त पार्ने प्रयत्न गर्दै छु। विश्वा छ तपाईं जहाँ हुनुहुन्छ,खुशी हुनुहुन्छ, मुस्कुराउदै हुनुहुन्छ। सम्झनाको सिरानी र बाडुल्कीको अलार्मले निदाउन नसकेपछी आधुनिक मेशिनबाट मनरुपी अक्षरहरु कोर्दै छु। नसोच्नु पिडामा छ, खुशीमा नि मान्छे निदाउन सक्तैन रहेछ। यो भन्दा पहिले कहिल्यै महसुस गरेको थिइन-यो अनौठो एहसास।

आज फेरी बाल्यकालको न्यास्रो लागेको छ, जुन चाहेर पनि म फर्काउन सक्दिन। याद छ , घरको आँप भन्दा मिठो रै'छ भनेर बाटो पारी साथीहरुको घरमा हुरिले झारेका आँप चुस्दै आउथें म । ठीक आँप जस्तै सम्बन्धको महत्व पनि अभाबले महसुस गराउदो रहेछ, बाबा। आफन्तहरु फोनमा गुनासो गर्नुहुन्छ कि मैले उहाँहरुलाई कहिल्यै सम्झिन भनेर। म भन्दा हरेक तवरबाट अग्रज उहाँहरुलाई थाहा छैन होला र!-नदिले बहाबलाई सम्झनु पर्दैन, मुटुले धड्कनलाई सम्झनु पर्दैन, आगोले तापलाई सम्झनु पर्दैन, समुन्द्रले गहिराईलाई सम्झनु पर्दैन, पानीले शितलतालाई सम्झनु पर्दैन अनि प्रेमले निकटतालाई सम्झनु पर्दैन। सम्झना त तिनलाई आवश्यक पर्छ जसलाई बिर्सने डर हुन्छ। वा केही गुमाउने लालसाले ब्याकुल पारेको हुन्छ। सत्य सत्य राजधानी आएपछि, आफ्नाको भाषामा अलि स्वार्थी भएको छु रे!, एकोहोरिएको छु रे!, निमोठिएको छु रे!, मात्तिएको छु रे!। हाँसो लाग्छ बाबा, मात्तिएको म हुँ भने खुट्टा ठाउँमा किन छन्?, निमोठिएको म हुँ भने मेरो सोझोपनमा निर्दोष केटाकेटी किन मुस्कुराउँछन्? एकोहोरिएको म हुँ भने डाक्टरले मानसिक रोगी करार किन गर्दैन? स्वार्थी म हुँ भने आफन्तहरु दयावान् किन हुन सक्तैनन्? बाबा, समय घडीभन्दा छिटो दौडिरहेछ, यहाँ मान्छेहरु भने हातमा समय कैद गरेको भ्रम पालेर जिइरहेछन्। यहाँ मनले माया गुमाउदो छ, मान्छेहरु भने पैसाको बैभवतामा लठ्ठ छन्। र पनि सुनाउन छाड्दैनन् "माया बिर्सिस्" भनेर, "अलि चढिस्" भनेर। क्या गज्जब छ दुनियाँ।

"अफ्ठ्यारोमा मान्छे चिन्नु पर्छ" भनेर त तपाईं नै सुनाउनु हुन्थ्यो मलाई जब मलाई अफ्ठ्यारोको परिभाषा नै थाहा थिएन। आज महसुस गर्दै छु। "जिन्दगीका थुप्रै रङ्गहरु हुन्छन्" भन्नुहुन्थ्यो। आज साक्षात्कार गर्दै छु। जबजब मान्छे आफुलाई मात्र देख्दो रहेछ, दरार सिर्जना हुँदो रहेछ। जबजब मान्छेले "मेरो" भन्दो रहेछ, बन्धन टुक्रिदा रहेछन्। बाबा, यहाँ भन्नेहरु त सुनाउँछन् 'फलानोले के गर्‍यो र?" भनेरयस्तो लाग्छ कि कोही एकको जिन्दगी चुलेसीमा च्यापिदाको अनुभव उनीहरुसंग होस्; शान्त रातमा छट्पटिले छाती जल्दा उनिहरु स्वयं जलेका हुन्; एक्लै बिरक्त्तिएर बाटो बिराउदा उनिहरु लौरो बनेर मार्गनिर्देश गरेका हुन्। आफ्ना भन्दा आफ्ना मान्छेहरु, कसरी सम्बन्धको किल्ला गाड्दा रहेछन् र पराई बन्दा रहेछन् भन्ने कुराको अनुभब गर्दै छु। सायद बाबा, तपाईंले भनेजस्तै जिन्दगी यही हो - जहाँ घाम र पानी सँगसँगै हुन्छ र इन्द्रेनीको उपस्थिती ज्ञात हुन्छ।

बाबा, जिन्दगी बिताउन बन्धन निभाउनु पर्छ भन्छन् अरु सबै। खै किन लाटो मलाई भने जिन्दगी बिताउन बन्धन भन्दा विश्वाश सजाउनु पर्छ झै लाग्छ। सायद मै गलत हुँला। बाबा म अज्ञानी अबुझले कहिल्यै सुनिन- बादलले बर्षातलाई, आँखाले आँशुलाई, हिराले चमकलाई, रगतले प्राणलाई अनि सपनाले बिहानीलाई केही गरेन भनेर गुनासो गरेको; तर यहाँ आफन्त आफन्त नै सराप्दा छन्। सायद "मान्छे चिन्ने" भनेको यही होला। जिन्दगी कस्तो रहस्यमय- मोनालिसाको चित्र जस्तै।

यो दुनियाँ, बाबा, जहर खुवाएर स्वाद सोध्छ। पिडा र दु:ख थुपारेर जिम्मेवारीको पगरी चढाउछ। सपना सजाउन लगाएर जगाउछ। मुस्कुराउनु पर्छ भनेर निजत्व हडप्छ। यो त सगरमाथाको सम्मान भनेर सगरमाथाकै शिरमा लात्ती बजारेजस्तो भएन र! शिवभक्त हुँ भनेर गाँजा र चरेसको तस्कर भएजस्तै भएन र! खैर जे होस्, अनेकन यस्तै पिरलोहरु बिचमा म "मनमौजी" जीवन बाँचेको छु। मेरो बदनामी गर्दा रमाउनेहरु मेरो लागि समय खर्चिएकोमा नतमस्तक छु। म उदास हुँदा ढाडस दिनेहरुले मेरो मन बाँडेकोमा आभारी छु। अनि कहिल्यै सम्झन नपरेकाहरु बिना गुनासो मलाई अपनाएकोमा कृतकृत्य छु।


असिम एवं अनन्त प्रेम, बाबा ।

Wednesday, January 4, 2017

देवकोटाका केही बालकविता : व्यक्तिगत र प्रशासनिक वितृष्णा


     नेपाली साहित्य इतिहासमा बालकबिता लेखनको परम्परा शुरु भएको त्यत्ति लामो समय भएको छैन । “वि.सं. १९५८ मा देवशमशेरको शासनकालमा उपत्यकाभित्र पचासवटा र उपत्यकाबाहिर एक सयवटा भाषा पाठशालाहरुको स्थापना भएपछि ती पाठशालाहरुमा पढाइने पाठ्यपुस्तकका रुपमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले लेखेको ‘अक्षराङ्क शिक्षा’ पाठ्यपुस्तक नै पहिलो पाठ्यसाम्रगी बन्यो ।”(१०)1 औपचारिक रुपमा वि.सं. १९५८ लाई नै आधारविन्दु मान्ने हो भने करिब एक शतकभन्दा बढी समयावधि नेपाली बालकविताले बिताएको देखिन्छ ।
बालबालिकाको कलिलो मस्तिष्क र उनीहरुको रुचिलाई ध्यान दिएर लेखिने बालाकविताका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाको नाम अग्रस्थानमा रहेको छ ।  वि.सं. १९६६ साल कात्तिक २७ गते जन्मिएर वि.सं. २०१६ साल भदौ २९ गते भौतिक रुपमा यस संसारबाट बिदा लिएका देवकोटाले आफ्ना बालकवितामा व्यक्तिगत  जीवन र तत्कालीन व्यवस्थाप्रतिको वितृष्णा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त गरेको पाइन्छ । राणा शासनकालको पछिल्लो समय र प्रजातन्त्रको अघिल्लो समय प्रत्यक्ष रुपमा देखेका र भोगेका देवकोटाले बालकविता लेखनमा तत्कालिन समयको चित्रण र आफूले गरेका थुप्रै संघर्षको वर्णन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा गरेका छन् ।
विलियम वर्डस्वर्थ (१७७०–१८५०) का अनुसार– “कविता भनेको शान्तिका क्षणमा सम्झना गरिने मनका सशक्त आवेगहरुको स्वच्छन्द प्रवाह हो ।”(२१३) 2  सोही चेतबाट देवकोटा पनि अभावित छैनन् भन्ने कुरा उनका सृजनात्मक रचनामा, बालबोलिमा, प्रकृतिका अव्यक्त नादमा, प्राकृतिक दृश्य तरङ्गामा केन्द्रित रहेर सिर्जनात्मक चिन्तन प्रक्षेपण गरेबाट स्पष्ट हुन्छ । स्वच्छन्दतावादी कविका रुपमा चिनिएका कवि देवकोटाका सिर्जनाहरुमा मानवता र प्रकृतिप्रेम झल्किन्छ नै, गहिराइमा अर्धचेतन मस्तिष्कमा संग्रहित तत्कालिन प्रशासनिक व्यवस्थाको आर्तनाद पनि झल्किन्छ । आर्थिक गरीवीको उच्च अवस्थालाई सामना गर्दै शिक्षामन्त्री (वि.सं. २०५३) जस्तो उच्च पदमा रहि देशको सेवा पनि गरेका र जिन्दगीका उकाली ओरालीलाई आफ्ना बालकवितामा बिम्बित गरेका देवकोटा बालसाहित्यकारको रुपमा विरलै चिनिए पनि बालबालिकालाई नै भनि लेखिएका र प्रकाशित गरिएका कृतिहरु जस्तै :– राजकुमार प्रभाकर (१९९७), पुतली (२००९), सुनको बिहान (२०१०) र फुटकर कविताले बालसाहित्यमा देवकोटाले पु¥याएको अतुलनीय योगदानलाई किमार्थ भूल्न सकिदैन ।
            लक्ष्मीप्रसाद देवकोटा प्रारम्भिक लेखनका कवितामा नै बालोपयोगी रचनाशिल्प र अभिव्यक्ति कलाको प्रयोग भएको पाइन्छ । तर देवकोटाले बालजगत्लाई नै पाठक जमात बनाएर लेखेका साहित्य रचनाहरु प्नि व्यक्तिगत र प्रशासनिक वितृष्णा जस्ता निकै जटिल र उच्च बौद्धिक स्तरका विषयबस्तुको प्रवेश भइदिनाले देवकोटाको बालसाहित्य लेखनका सन्दर्भमा बेला बेलामा प्रश्न नउठेको पनि होइन । युवा जमात्ले पनि बुझ्न हम्मे हम्मे पर्ने विशिष्ट शब्दावलीहरु, बिम्बहरु, भाव बिन्यास र प्रस्तुतीकरण बालकवितामा भइदिनाले बालबालिकाले बुझ्न गाह्रो भई त्यस्ता रचनाहरु ओझेलमा पर्न गएको भान समेत हुने गरेको छ ।
     प्रकाशनका दृष्टिले लक्ष्मीप्रसाद देवकोटाको पहिलो बालकविता सङ्ग्रह पुतली (२००९) हो भने दोस्रो बालकविता सङ्ग्रह सुनको बिहान (२०१०) हो । पन्ध्रवटा बालकविताहरु राखिएको पुतली र उन्नाइसवटा बालकविताहरु राखिएको सुनको बिहान बालकविता सङ्ग्रहमा कवि देवकोटाले बालबालिकाको उमेर हद, ग्रहणशीलता, परख क्षमता, बालोपयोगी वस्तु–भाव, बाल मनोविज्ञान, सामाजिक संरचना आदिलाई ध्यान दिँदा दिँदै पनि आफ्नो अचेतन मानसपटलमा रहेको जीवनका थुप्रै घाउहरु र त्यसबेलाको देशको स्थिति अनि प्रशासनिक व्यवस्थालाई पृथक राख्न सकेका छैनन् । जसको परिणामस्वरुप बालकविता बालबालिकाको मनोञ्जन र अध्ययन क्षेत्र भित्र सिमित मात्र नभई युवापुस्ता र बौद्धिक बर्गको समेत चासो र अध्ययनको विषय बन्न पुगेको छ । निजी आवेग र अन्तरङ्ग अनि जिन्दगीका थुप्रै पडाउहरु बालकवितामा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा चित्रण भएकामध्ये एउटा बालकविता हो – मास्टरजी ।   लक्ष्मीप्रसाद देवकोटा स्वयं पटनाबाट कानुनशास्त्रमा स्नातक गरेर स्वदेश फर्किएपछि परिवार र आफ्नो पेट पाल्नको लागि उनले दिनमा १४ घण्टासम्म ट्युसन पढाए । उनकै व्यक्तिगत जीवनसँग मिल्नेगरी लेखिएको मास्टरजी बालकविता धेरै ट्युसन पढाउने मास्टरको प्रसङ्गले लक्ष्मीप्रसाद देवकोटा स्वयंलाई प्रतिविम्वित गरेको पाइन्छ
     ज्यादै घाम परीकन मुखमा ट्युसन गर्दा तीन हजार ।
काला हाम्रा मास्टरजीछन् तर सुइँखुट्टे सारसंसार ।। (७–८) 3
एउटा शिक्षक (मास्टर) रहरले र  धनी बन्ने लालसाले मात्र ट्युसन पढाउदैन ; उसका आफ्नै बाध्यताहरु पनि हुन्छन् । गरीबीले पिल्सिएको सुइँखुट्टे शरीर पाल्नको लागि एउटा शिक्षक ट्युसनमा आशक्त हुनुपर्ने बाध्यता माथिका हरफबाट स्पष्ट हुन्छ । यिनै दुई हरफबाट तत्कालिन ‘नेपाली’ को आर्थिक अवस्था कस्तो थियो भन्ने कुरा आंकलन गर्न पनि मद्दत गर्दछ । शिक्षक भएर पनि जीवन निर्वाहको लागि ट्युसन पढाउनु पर्ने बाध्यात्मक परिस्थितिको सामना स्वयं लक्ष्मीप्रसाद देवकोटाले व्यक्तिगत जीवनमा गरे जसको परिणामस्वरुप उनले लेखेको बालकविता उनीबाट र उनको जीवनबाट भिन्न रहन सकेन । सतहमा, प्रायजसो शिक्षकहरु पैसाको लागि ट्युसन पढाउछन्, दौडधूप गर्छन् । त्यसैले घामले डढेर काला र पातला हुन्छन् भनेर बुझे पनि भित्री गहिराइमा गरिवीको उच्च पिडालाई सुल्झाउन आफू नमर्दासम्म कर्म गर्नबाट पछाडि हट्नु हँुदैन भन्ने नै हो । आफूले भोगेको र सिकेको यथार्थलाई कवि देवकोटाले बालकवितामा एवम्रितले उतारेको पाइन्छ ।
     कवि देवकोटाले आफ्ना निजी भोगाइहरु बालकवितामा उतार्ने मात्र काम गरेनन् बरु तत्कालिन समयको पृष्ठभूमि, राणाशासन र शैक्षिक प्रतिबन्ध, जसले गर्दा एउटा निसासमान युगलाई झेल्नुप¥यो , सो युगलाई समाप्त पार्न र देशको अस्तित्व बचाउन आफ्ना पाउहरु सदैव अगाडि बढाउनुपर्छ भन्ने देशभक्ति चेतना समेत उनका बालकवितामा व्यक्त भएको पाइन्छ । सुनको बिहान बालकविता सङ्ग्रहमा सङ्ग्रहित किताब–चरो शीर्षकको बालकविताले राणाशासन कालको झझल्को दिएको पाइन्छ । वि.सं. १९८६ ताका जब बौद्धिक युवा जमातले एउटा सार्वजनिक पुस्तकालय बनाउने निर्णय परिणामस्वरुप त्यतिबेलाका राणा शासकले थुप्रैलाई देशनिकाला गरे र केहीलाई रकम लिएर छाडिदिए । त्यस्तो प्रशासनिक व्यवस्थाप्रति वितृष्णा प्रकट गर्दै र शिक्षाको महत्वलाई प्रकाश पारेर लेखिएको उक्त बालकविताले तत्कालिन समयको प्रतिनिधित्व गरेको पाइन्छ । पटना, बनारस, लन्डन जस्ता ठाउँहरुको वर्णन गरिएको उक्त बालकविताले देशभित्रको शैक्षिक स्थिति निकै दयनिय रहेको आंकलन गर्न मद्दत गर्दछ साथै “कति मोज छ चढ्नु किताब–चरा” (३२) भन्ने हरफले शिक्षा आर्जन गर्नु निकै रमाइलो हुन्छ ; शिक्षाले ज्ञानको उज्यालो छर्दछ र ज्ञान प्राप्त गर्दा जिन्दगीमा नयाँपन छाउँछ भन्ने भाव प्रकट गरेको पाइन्छ ।
     अन्ततोगत्वा, कुनै पनि साहित्य लेखनलाई तत्कालिन समयको पृष्ठभूमिले धेरथोर प्रभाव पारेको हुन्छ नै । देवकोटा आफैमा सामाजिक प्राणी भएकैले पनि उनी आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक बातावरणबाट प्रभावित थिए र तिनै प्रभावहरुले गर्दा उनका रचनाहरु पनि त्यत्तिबेलाको समय र पृष्ठभूमिभन्दा भिन्न हुन सकेका छैनन् । त्यसैले, देवकोटाका बालकवितामा पनि नेपाली इतिहासको एउटा सूक्ष्म कालखण्ड छ, सामाजिक जीवनशैलीको दर्पण छ, प्रशासनिक अस्तव्यस्तताको चित्रण छ, जिन्दगीको उत्कर्ष भोगाइ छ । संक्षेपमा भन्नुपर्दा, देवकोटाका बालकविताहरुमा व्यक्तिगत र प्रशासनिक वितृष्णा जस्ता जटिल विषयबस्तु पनि छन् जुन विषयबस्तु बालवालिकाको मस्तिष्क पहुँचभन्दा बाहिर छन् ।

सन्धर्भ सामाग्री
  1गौतम, लक्ष्मणप्रसाद. सान्दर्भिक समालोचना. काठमाण्डौ : भुँडीपुराण प्रकाशन, २०६८ ।
  2वर्डस्वर्थ, विलियम. वर्डस्वर्थ सेलेक्टेड पोइट्री एन्ड प्रोज, फ्रम द प्रिफेज अफ लिरिकल ब्यालेड, यु.के. : अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् १९६४ ।
  3देवकोटा, लक्ष्मीप्रसाद. सुनको बिहान. काठमाण्डौं: साझा प्रकाशन, २०६४ ।




Monday, January 2, 2017

My Triumph over My Fear


Public experiences are hard to share, much harder are personal experiences. I, myself, used to believe a weak student in English class from primary level. So, I hesitated to raise my hands. I could hardly ask any question or submit my assignments. Reading and writing English acts as a boogieman for me that I always scared of. It captured my whole body in such a way that whenever I tried to open a book, my mind gets blank. I used to read a lot of motivational books, English News, English films and so on to enhance my English reading and writing. But the time I spared was just a waste, nothing else.
One day in the regular class at my college, when I was at my 11th standard, my English teacher gave me an assignment to write an essay on any topic I like. I was damn sure that, with some grammatical errors, I could prepare my essay. Let me tell you, I used to make a lot of grammatical errors in English. It might be the consequences of my English teachers at my primary level. Ummm, it’s not the word to share but he’s the ugliest person I’ve ever met. I didn’t like the way he teach or the way he used to call me. He’s the only person who kept my nickname “Laati” meaning “Miss-Nothing”. I hated the very word, teacher and the subject. Besides hatred, there exist moralities and duties to fulfill. So, I thought a lot about the subject to write an essay. Many issues came into my head but none of them triggered my head and pondered my heart. Next day, I went with a blank copy. I didn’t know how he understood my suffering. He started telling me not to think much and let my two hands free to write and express the feelings of my heart. I replied, “Writing is a problem for me, especially English Writing”. “I think every person felt so in his/her student life” with just a light smile he said, “That’s a good topic. Write on it.”
In the class, I tried a lot. I can’t remember exactly how many subjects hovered into my head but they just passed away like the clouds swept away by the breeze. When the English class was over, one of the papers of my English copy was full of scribbles. “O my God! What had I done” I whispered inhaling a long breath. Without thinking anything else I kept my copy in my bag.
That very night, I suffered a lot. I was reckless. I knew that I have to prepare an essay as an assignment but my mind acts like the clouds which were swept time and again by the gentle breeze. When my mind was almost vacant to think about the topic, I starting surfing internet. ‘Google is the best teacher to learn the things or ideas when we are alone.’-one of my friends used to say at my college. Adapting the same strategy I went on searching one topic after another topic in the internet. But every time I opened a new page or searched a new topic on the Google, only one thing I got and that was nothing else than the disappointment. That was a troublesome night because I couldn’t sleep that whole night. I kept on consuming coffee cups one after another. My whole body started aching but my eyes and heart didn’t allow me to sleep. I was supposed to be psychic patient. I could remember that I saw my watch last time that night when it was tickling half past one. Then after, when my eyes got shut I can’t memorize.
Next day, I woke up with the rising sun. Mild breeze was blowing outside. Chirping sounds of the birds had made the environment really beautiful. But in the distant, the hill standing still seemed lonely and barren. I couldn’t bear that ugliness made by, we, human beings. I remembered the idiom- Hariyo Ban Nepalako Dhan- my Nepali teacher delivered in one of the class. I was really sad to see that lonely picturesque which was just opposite to my Nepali teacher’s saying. I couldn’t sit being a statue. I thought of generating awareness among the people; I want to keep them aware about the consequences of mass chopping down the tress. I wanted to share my little knowledge to educate the people.
Immediately, I sat down with a pen and paper. I started jotting down my feelings. I just kept my pen ejaculating the ink over the paper. I was not a professional writer so to spill over my feelings on the paper, I had to struggle hard. Few papers where I explored my mind were just full of scribbles. Few others were full of ideas that everyone knows. Arrrgh, I remembered Francis Bacon and dreamt of him; how could he write such awesome, heart-touching essays. My opinion of conveying own idea to others is easy was failing in front of my eyes. I used to think that I could explore my ideas in the paper in a fine way. But thought and action really are two different poles, I realized. Even though, my mind was tired, I didn’t stop. I knew that success depends upon labor so I kept working with those mess up and scribbles. I nearly filled my half portion of my rough copy with my ideas, scribbles and some other unnecessary things.
The day began; college hours began; English teacher entered in the class and I was without my assignment. I was damn sure that I would be insulted in front of the class. A kind of fear speared on my head and its impulses started to expose all over my body organs. Unknowingly, I face turned red. I English teacher suddenly noticed me. He made me to stand. My heart was about to pop out. My legs started trembling as if the epicenter of the earthquake is my body. At the meantime, he asked me if I had my assignment or not? I didn’t have answer of it so I told a perfect lie that I completed my assignment but I forgot to bring my copy. I didn’t know whether he thought my words as truth or he understood that I was lying. He just ordered me not to forget next day, otherwise I will be punished. Ahh, his words gave a kind of relief to me. The earthquake of my body settled down. My legs became calm and I became a normal girl again.
That day, after the college hours, when I reached home I just sat down to manage my points and scribbles in a paper. A kind of fear made me work faster even though it took nearly three hours to note down my ideas in a systematic way. After that, again, I had to develop my points in several but coherent paragraphs. Every paragraph need to justify my main argument-I was conscious about it. I kept on moving my hands. I kept on developing paragraphs after paragraphs. I was even indifferent towards time day. When I was writing my opinion in the last paragraph, the clock reminded me of 9 pm. That was the night I refused to have my meal. I didn’t know what it was but hunger to accomplish my work killed my hunger to have food. That night I had a sound sleep because I had completed my work. My mind was tension free and my body as well was ache less.
Next morning, when I woke up, I saw my copy. Finally, my hard work was in the copy. I couldn’t believe on my eyes, I filled six pages of my exercise-book. With lot of joy, I submitted it to my teacher in the class. He put correct signs saying that if I tried harder I would write better than that. After his complement, I started writing on random subjects that hovers in my mind. I started submitting all of them to my English teacher; and he never mind correcting the errors and revising my writings. This task went on day after day. Every day, I had something into my head to write on. I was somehow addicted on writing because it was not only improving my skill but also was giving me a way to live a stress-free life. The papers were my place to give an outlet of my emotions so they avoided me to pass through depression in my life.
After a couple of months, my English teacher advised me to send my articles to publish in a national newspaper. Publishing an article was a tough job. My first three writings were not published. I was sad but didn’t lose my hope. As a consequence, my fourth writing got published in “The Republica”. My happiness had no bounds. Publication of my article kept me motivating. I started writing articles about different subjects every week.
Ten and half months passed by. Now, I’m a columnist in an English National Daily, “The Himalayan Times”, these days. Today, I can feel what really motivation is…., what really hard work is…. And most importantly I learned a lesson that no problem is a problem if we try to get rid it, either it’s just writing, speaking or something else. I am so thankful to my English teacher who guided and motivated me. My hate changed into love. Now, I love my English teacher because without him I won’t be what I am. No more English is my boogieman. It’s the great triumph I’ve achieved yet.

Sunday, January 1, 2017

कथा परदेशीको...


कुहिरोलाई छल्दै नानी “बाबा” भन्दै होली
प्रियाले नि बाटो हेर्दै आँशु झार्दै होली
बुढेसकालमा बाबुआमा कस्ता भए होलान्?
सम्झी सम्झी मलाई नै कति रोए होलान्?

सर्वस्व नै धन भनि मुग्लान छिरि आए
गधाले नि नपाउने दु:ख मात्र पाए
लाग्छ अचेल जीवन सारा मिथ्या मात्र हो कि
कसले के नै लान्छ क्यारे मर्दाखेरि बोकी

एक पछि अर्को इच्क्षा मन नरित्तिने
जति भए पनि वशमा अझै चाहिदिने
स्वार्थी, पापी रैछ संसार मैले बुझिनछु
मनै तृप्त पार्ने खुशी कहिल्यै खोजिनछु

झिलिमिली संसारमा जीवन सकाए बाबा!
हातै रित्तो, मनै रित्तो अब अघाए आमा!
हात जोडी बिन्ती गर्छु माफ गरिदिनु
खोक्रो मनमा माया भर्न अघि सरिदिनु

नानीलाई पढाई-लेखाइ ठुलो बनाउनु
बाबुआमासँग प्रिया सधैं मुस्कुराउनु
धनभन्दा ठुलो रैछ बुझेदेखि मन
आत्मा खुशी पारेदेखि खुशी हुन्छ तन ।।


Sunday, December 25, 2016

Feministic Analysis on ‘The Sleeping Beauty'

            ‘The Sleeping Beauty’ is a fairy tale orally narrated from generation to generation which is liked by children of all time and all geographical location. In Nepal, the very story is compiled by Madhav Khatiwada in his text ‘World Famous Fairy Tales.’ Although the story begins in a classical way and has good plot, it has its loopholes too. The story presents female character as a protagonist but fails to provide justice to her character.
            The title ‘The Sleeping Beauty’ is negatively representing the female character. ‘Beauty’ is used to materialize the females. It indirectly indicates that females are merely the objects to gaze on. So they must be beautiful. Similarly, ‘Sleeping’ is a word meaning laziness, tiredness, weary, passive, still, etc. Here, we can easily understand that the protagonist is lazy which she is not expected to be. Females are expected to be beautiful, full of ornaments and hard-working by the patriarchal society. The same insight is presented here too forgetting that the females are not a commodity to objectify and they possess equal rights as males.
            Male characters in the tale seem to be kind whereas females are the cause of rise and fall of the action. Females are presented some negative attributes to move the story forward. At surface reading, we may feel that males and females are presented equally however it’s not the truth. The writer seems very clever to use his diction so as to confuse the readers.
                        He invited not only his kindred, friends and acquaintances, but also the wise women so that they might be kind and well disposed towards the child. There were thirteen of them in kingdom, but, as he had only twelve golden plates for them to eat out of, one of them had to be left at home.
The above lines use the words like “kind”, “wise”, etc., however they also provide a condition to ruin the good atmosphere. The word “thirteen” itself indicates the meaning that least females are good enough. “…but also the wise women” in the first line of the above quote indicates that the females aren’t supposed to have a gathering or a party. Here the writer is biased towards females. So, the text is unfair towards females’ beliefs and actions.
            ‘The Sleeping Beauty’ has created the “princess ideal,” which is a representation of gender that young females should idolize. It also portrays women in a negative light. So, this is an unrealistic and inappropriate promotion of harmful body images and a narrow ideal of marriage as a happy ending for women. Not only this, the male characters in the text upholds the role as “alpha-male” and they stand for all things that are stereotypically patriarchal. The alpha-male is known for having physical power, social dominance, as well as status and leadership. With the female heroine’s inability to act assertively, she has to rely on external rescues and this makes female subordination romantically desirable. Prince from ‘Sleeping Beauty’ is the definition of a stereotypical leading male character. He is wealthy, regal, and saves Aurora from eternal sleep.
As Lisa Tuttle asserts, we need “to interpret symbolism of literary texts so that it will not be lost or ignored by the male point of view”. Here, in this tale also, many things remain in shade only because the text epitomizes the males’ prospective. The princess faces her downfall because of her action i.e. pricking herself with a spindle. She was taken care by the three little fairies when she was in eternal sleep. This illustrates that the females are subjected for caring and rearing the relatives, family members and the dear ones.
There she lay, so beautiful that he could not turn his eyes away, and he stooped down and gave her a kiss. But as soon as he kissed her, she opened her eyes and awake, and looked at him quite sweetly. Then they went down together, and the king awoke, and the queen and the whole court, and looked at each other in great surprise.
The above lines signify that the authority or power of a male character. He is presented as if he is a god so that with a single kiss he could have revived the princess from eternal sleep. After the princess woke up, she did raise any questions to the male character. Here the author renders his pre-occupied male ideology to place the females in subordinating position or in the second position.
Similarly, the text fails to articulate the voice of females because of its linguistic structure. The symbolic system of language expressed by the text is not sufficient to give space for the females and is making them just passive objects. The writer provide household filthy conversation to the female protagonist and her mother whereas a macho type of conversation to the male protagonist. The princess and her old mother engage in a talk of “spindle” and “spinning”. But in the dialogue of youth, there lies bravery when he says “I am not afraid, I will go and see the beautiful Briar Rose.” In this way, the writer established the female position as secondary stereotyping them as household workers. This binary opposition is a clear discrimination to the females which just advocates males’ superiority and power in the society. On the contrary, it places the females’ in subordinating position making them powerless.
The feminist critic Luce Irigary believes that women are not sufficiently represented by “existing symbolic systems of language” and women are not given proper place in the patriarchal world. She insists on the subversive potential of the women who must work within the phallocentric symbolic system into which the women are placed.  She also criticizes the phallus as restrictive monolithic singular and fixed. Furthermore, she rejects fixity of phallocentric meaning. She argues that women can get sexual pleasure with their multiple sex organs. For her, it is the stupidity of patriarchy to define women according to their lack of phallus as well as it is mistake to define their language, their existence under the symbolic system according to masculine model.
Taking the Luce Irigary’s argument into consideration, the tale “The Sleeping Beauty” fails to judge the multiplicity and diversity of women. The story writer repeatedly uses the words that symbolizes phallus and dehumanizes the women. The words like “old tower”, “rusty key”, “spindle”, “horses”, “dogs”, “bed”, and “thorns” are used to establish males’ superiority complex over females. These words indicate the phallic symbol which means females are inferior to males because they lack phallus.
In the same way, the writer defines the females with the symbols like “black hen”, “evil”, “flowers”, “pigeons”, “kitchen”, etc. These symbols, as mentioned by Luce Irigary, considered to be feminine. These words either speaks about the dark part of the life, lack of phallus, something deficient or household. ‘Black hen’ refers to a female being that is considered something not good according to Hindu mythology. The word ‘evil’ itself signifies something worse. Words ‘flowers’ and ‘pigeons’ are feminine words which indicate something pleasant, beautiful or someone who is responsible to deliver a message. In the same way ‘kitchen’ word is directly associated with females. Male patriarchal society regard females as the beings who spare their whole life in the kitchen. So these words placed the females’ in powerless position mentioning them as ‘something lacking’ or ‘incomplete’.
The feminist critic Hélène Cixous also refers to the 'woman' as being the physical expression of her own voice." Contrary to her definition, this text presents the woman as a dependent voice, an object to gaze on, a subject who has to face downfall, and so on. At conclusion, the text consists prejudice to the females and is totally biased.


Works Cited

‘Hélène Cixous.’ Wikipedia. Wikimedia Foundation, 29 Nov. 2016. Web. 16 Dec. 2016.

Khatiwada, Madhav, comp. ‘World Famous Fairy Tales.’ Kathmandu: Sujal Press, 2011. Print.

Warner, Arielle. “Someday My Prince Will Come: A Feminist Critique of Women Portrayed in Disney Animation.” 22 Dec. 2013.Web. 16 Dec. 2016.



Monday, December 19, 2016

Patriarchal Prospective in Parijat’s ‘Blue Mimosa’: A Critical Study


Parijat, who was the nom de plume of Bishnu Kumari Waiba, is renowned all over the world through her literary writings, especially from her first novel ‘Blue Mimosa’. The very novel which is the English translation of ‘Shirish ko Phool’ is also regarded as the modern novel which incorporates the vibes and intentions of modern generation. The novel is the written from the Suyogbir’s point of view in which the speaker tries to show the way Nepali women are perceived by men in contemporary patriarchal society, and expected to behave.
From the very start of the novel, the writer tries to catch up the so called ‘patriarchal readers’ mind’ providing the narration of Shivaraj’s home visit by the speaker i.e. Suyog. The novel also projects the Nepali male culture at home and out of the home from different characters. Shivaraj and Suyog, they met three times in the bar and after the third meet Suyog was invited to visit his house. This clearly depicts the picture of Nepali society where males are set free for gambling whereas in the same society, the very act by the females is considered as immoral and unjust. Males in the patriarchal society are free to weight or judge the females. They simply take females as baby-producing machines, domestic slave or just merely an object t gaze on. Females are objectified as a beautiful object to look at in the novel too.
“My name is Sakambari.” Her voice burst in on us like a bullet. Startled, I turned toward the door and saw a woman of twenty-four. She was about five-feet-three, fair, with very large breasts on an extremely thin body. She wore gold-rimmed glasses on deep-set, sparkling eyes. Her hair was cut very close to her head, in the style of ancient Hebrew soldiers, and her small, white lobes wore earrings of black stones.
            Above lines from the novel clearly gives the vivid picture of objectifying the females in patriarchal society. Sakambari’s voice is compared as bullet and emphasized her physical structure. “Young woman” with “very large breasts” having “fair” complexity with ornaments are good to look at. The very sense can hit on reader’s mind. That’s how the writer uses the clever use of language to show the males perception on patriarchal society regarding the females.
            Furthermore, the novel never revealed the reason for the silence that was present in the female character’s life, that is; Sakambari’s life. As in the novel, the female voice is hardly presented by the writer. The actions and thoughts of the male characters are described a lot. The text also fails to make a strong standpoint on female characters side. The voices of three younger sisters of Shivaraj - Mujura, Sakambari and Sanu - are suppressed time and again in the text. This acts as a mirror to know how female voice is dominated in the patriarchy.
            Not only this, Shivaraj’s job was also not mentioned and the carelessness he shows, leaving his three sister home alone, does not justify that he really cares about his sisters. Men are just to earn the means of living; the patriarchal belief is carried out by the novel. However, at the end when there remains no hope of surviving, Shivaram goes to take care of her. This action really makes readers understand that people in patriarchal society like Nepal pay attention to their relatives when they undergo through critical situations.
            An ex-army serviceman and male protagonist, Suyog, who fought against Japan in the Second World War, lives in Kathmandu valley. His daily routine has become to drink alcohol in the evenings in the bar. He brutally raped and murdered several indigenous girls and he remembers several incidents during the war. These descriptions of the protagonist in the novel pictures the freedom that male are exercising in the existing society. Males’ brutality is described as masculine act whereas same act, if done by females, is considered as crime or inhuman act.
            Various critics argue Sakambari as brave and rebellious girl. However the truth is reverse. They tried to build their arguments from the act of smoking that does by Sakambari. They did have presupposition in their mind that smoking is a rebellious and strong act which women are not supposed to do in patriarchal society. However the fact is, the more the society has strong patriarchal values, the more the women are indulged in smoking cigar, bidi, hukka, etc. It doesn’t mean that men do not consume. They consume too but women consume too. And the only reason of consuming them is to pass their leisure time.
It makes me proud every time I think of how Sakambari always stood up for herself in those years when women were not supposed to have opinions on anything else except the kitchen. She is a woman us women should look up to, who does not care what the society has to say and who does not believe that women’s purpose in life is determined by the men in her life (father, brother, husband, son). She smoked and did not fear death; she called people out for drinking, and was proud enough to voice her opinions…
            One of the critics, Moana Kanel from Hanover, Indiana, USA wrote a book review potraying Sakambari as bold, free and independent girl. However, she fails to feel he inner feelings of Sakambari. She and her two sisters are left carelessly at home by Shivaraj. What a female like Sakambari do in that condition except indulging herself to some kind of addiction to pass her leisurely time? She further says that Sakambari is a girl who does not believe that women’s purpose in life is determined by the men in her life (father, brother, husband, son). She fails to prove her standpoint here again. She along with her sisters is living a dominant life. Her life is determined by her brother, a male, Shivaraj. During the first visit of Suyogbir at Shivaraj’s house, he ordered her to bring them some tea which shows that her life is limited inside the house and is compelled to live a life full of boredom without exercising any sorts of freedom.

            So, the novel ‘Blue Mimosa’ strongly outlets the masculine attributes, their actions and behaviors and intentions in a society where males acts as a supreme power to govern and act upon. Even the ending of the novel portrays the same. According to the text, Sakambari dies at last and Suyogbir explains that “even one-sided love kills” which means the love of Sakambari and her kiss with Suyogbir is just an act of vain that has no meaning at all. In this way, the entire novel presents the patriarchal values and norms, its way of judging and behaving the females, and it also illustrates how females are compelled to live a voiceless, suppressed, dominated life.


Works Cited
Parijat. “Blue Mimosa.” Trans. Tanka Vilas Varya and Sondra Zeidenstein. Third ed. Kathmandu: Orchid , 2012. Print.
Kanel, Moana. "Sirish ko Phool." Book Review for the month of January. Kamkura.com, 31 Jan. 2011. Web. 19 Dec. 2016.
Dolma, Sonam. "A book review on: Shirish Ko Phool." The Odyssey. N.p., 3 Apr. 2013. Web. 19 Dec. 2016.



Sunday, November 6, 2016

निर्दोषी आवाज… (कबिता)


पुतली भुल्ने बगैचामा, आवाज बन्दुकको
पढ्न जाने स्कुलैमा, ताला सन्दुकको
कैले सम्म मर्ने ज्युँदै, आमा नेपालैमा
अत्तो-पत्तो थाहा छैन, बाबा बिदेशैमा

सधैंंभरी बन्द हड्ताल, खान पाउनु छैन
चाडपर्व उजाड लाग्छ, मन रम्या होइन
प्रिया सधैं आँशु झार्छिन्,बालबच्चालाई हेरी
जन्मिने हुन् बुद्ध कहिले, यो देशमा फेरी

शन्ति भई पढ्ने रहर, कसको नहोला र!
मुस्कुराउँदा नेपाल आमा, मन नछोला र?
आन्दोलनमा सधैंं किन, विद्यार्थी नै चाहिने?
भाग्य फेर्ने दैव तिमी, कहिले लाग्ने दाहिने?

दु:ख गरी बिहान साँझ,झोला बोकी आउँछन्
कहिले देखि नडराई, पढ्न-लेख्न पाउँछन्
अधिकार प्रयोग गर्दा, अरु मर्नु हुन्न
आफ्नो मात्रा झोली भर्ने, काम गर्नु हुन्न

बालबच्चाको आवाज सुन, लाग्ने छ नि काम
पुण्य पाउछौ खुशी भए, नगए नि धाम
सबै मिली यो देशको, मुहार फेर्नुपर्छ
ठुला-साना सबै मिली, बाँच्न पाउनुपर्छ
_____________हाँस्न पाउनुपर्छ
_____________पढ्न पाउनुपर्छ
_____________रम्न पाउनुपर्छ ।।।



Tuesday, October 4, 2016

अवन्तिकाको आरोहण ।

"सर, अवन्तिकाको कथा सुनाउनुस् न!" बिद्यार्थी माझबाट कोकिल स्वर गुन्जिदा झल्याँस्स ब्युँझिए झैं भान भयो। अवन्तिका, मैले बिर्सिसकेको अनुहार थियो, जो आज एकाएक मस्तिष्कको रङ्गिन चित्रपटमा भ्रम जस्तै गरि धमिलो भईरहेको थियो। शरिरैभरी काँडा पलाएजस्तो भयो। पोडिएम नेरै समातिरहेको किताबका पानाहरुमा कम्पन महसुस गरें। अवन्तिका, नामै मात्रले पनि म पेशेवर शिक्षक हुनुको आत्मबिश्वास गुमाइसकेको थिए। मेरो मुटुको चाल आकाशिदै थियो। धन्न मस्तिष्कको एक कुनाले सर्वश्रेष्ठ प्राणी हुनुको लाज बचाउन उद्दत थियो। लाज लुकाउदै "पुरा हुँदै छ" भन्नुको अर्को बिकल्प मेरो सामु थिएन । त्यही बिकल्प हतियार बनाएँ।

असोजको शुरूवातसँगै सानो-तिनो चाडपर्वले नेपाली हुनुको आभाष गराउदै थियो। काठ्माण्डौं बिस्तारै बिहान-साँझ सिरक ओढ्न थाल्दै थियो। जाडो जति जति बढ्दै थियो, त्यति त्यति अवन्तिकाको अध्याय सिद्धयाउनु पर्ने नैतिक बाध्यताले पिरोल्दै पनि थियो। काठमाण्डौँ जस्तो शहरमा मैले एक्लो जिन्दगी गुजारेको भए पनि कहिल्यै अवन्तिकाका यादहरुले एक्लिन दिएनन्। ऊ नभएपनी ऊ हुनुको दिलासा दिईरहे। झस्काईरहेँ। ब्युँझाइरहें।

विद्यालयले दसैंको बिदा सुनायो। बिदा सुन्नेबित्तिकै मेरो मन बाख्राको पाठापाठी झैं बुरुक्क उफ्रियो। काठमाण्डौं, क्षणिक नै सहि, तर छोड्नुपर्ने भयो। मन खुशीले चङ्गा भयो। तर त्यहि मनको एउटा कुनो भने चिन्ताको कालो बादलले गम्लङ्ग अंगाल्यो। सबैका घर दशैंको मुखमा उज्याला होलान् तर आफ्नो घरमा बुढी आमा बाहेक कोहि पनि त छैन - मन यसै भाँडिन थाल्यो। उमेरले तीन बीस नाघिसकेकी भएनी हाम्रो घरकी बत्ती थिईन्-आमा। आमाको यादमा म आफ्ना निजि चाहनाहरु शिर झुकाउँदो थिएँ। खुट्टाहरु घरतर्फ उद्देलित हुँदै थिए। लाग्दैथ्यो शरीरभरि रगत होइन, आमाको दुध बगिरहेछ, दौडिरहेछ।

काठमाण्डौं सपना सजाउन गएको थिएँ तर मलाई माया गर्ने घर परिवार, आफन्त, साथीसँगी प्रायः सबै गाँउमै थिए। त्यसैले त घर नउजेलिदा गाँउ उदास र गाँउ नउजेलिदा मन उदास हुन्थ्यो मेरो। शहर, जहाँ हरेक कुरा पाईन्छ त्यहाँ सुन्दरताको अभाब सधैं महसुस गरिरहें। बजारमा पाईने सुन्दर बस्तुले मान्छेको मन सुन्दर बनाउन सक्थ्यो त शहर स्वर्ग हुन्थ्यो। तर यो त दैत्यहरुको राजधानी सिवाय केही रहेन। यहाँ छल्न जान्नुपर्छ, गुलामी गर्न जान्नुपर्छ, स्वार्थी बन्न जान्नुपर्छ, मानव हुँ भन्ने सोच बदल्न्न सक्नुपर्छ, अरुलाई बेप्रवाह गरि आफु हिँड्न जान्नुपर्छ अनि बल्ल शहरियाको ताज पहिरिन पाईन्छ। आधुनिकताको अत्तर छर्कन सकिन्छ। बौद्धिकताको प्रमाण देखाउन पाईन्छ।

,,५ को सिट भए गईन्छ नि घर?- दिपक सरको ब्यङ्ग्यात्मक प्रश्न थियो यो। हामी एउटै बिद्यालयमा अध्यापन गर्थौं। उनि समाजको खाका कोर्थे विद्यार्थीको मानसपटलमा, म गाईखाने बिद्याको प्रवर्द्धन गर्थें। उनि बिश्व समुदायको लेखाजोखा गर्न सिकाउथे, म मिहिन मिथकका बिम्बहरुमा घोत्लाउथें। उनि पृथ्वीका पहाड र समथल भुमिहरु सयर गराउथें, म तिनका कथा ब्यथा ओकल्थें। उनि मानव उत्पत्ति देखी आधुनिकतासम्मको बिकासक्रम बुझाउथे, म पिडा साट्दाको खुशी नियाल्थें। यसरी हाम्रो आध्यापन गर्ने बिषय फरक थियो जस्तो हामी आफै थियौ। ऋणी हुनेथिएँ - उनको ब्यङ्ग्यको प्रतिउत्तर दिएँ मैले। जवाफमा उनले कुटिल मुस्कान मुस्कुराए।

मन पुलकित भैरहेथ्यो। सम्झदैथें पोहोरको दशैं। दशैमा झेलेको दशा। बिहान सबेरै बसपार्कमा टिकट काट्न लाइन लाउदाको सास्ती। दिनभरी भोकभोकै बसपार्कको बसाइँ । कोटेश्वरदेखी नयाँ बसपार्कसम्म सार्वजनिक यातायातमा मान्छेको धकेलाधकेल। पसिनाको वाक्वाकिलाग्दो अमिलो गन्ध। यसपाली यो सबैबाट छुटकारा पाईने भो। लामो सास फेरें। मनमनै भनें- "म तिम्रो ऋणी भएँ, दिपक"।

यस्तो खुशिको खबर जेटि(जगन्नाथ तिमिल्सिना)लाई नसुनाई के बस्न सक्थें र! साथी जो थिए। त्योभन्दा बढी मित्र थिए। साथी र मित्र बीचको फरक उनीसँगको सँगतले बुझाएको थियो मलाई। उमेरमा हाम्रा दाजु थिए, ब्यबहार र कामका काकाबा। सानोभन्दा सानो कामलाई नि जिम्मेवारी पुर्वक गर्ने उनको ढङ्ग देखेर म "फिदा" हुन्थें। छुट्टीमा हुँदा भने बेफिक्री बालक बन्थे उनि। हाँसोमजाक गर्थे। जीवनगाथा सुनाउथे। परिस्थिति र समयानुकूल परिवर्तन हुन सक्ने अचम्म गुण थियो उनीमा "क्यामिलियन"मा झैं। "जेटि, बस टिकट फिक्स्ड गरे दिपकले। था' पायौ? ,,५ भनेर सुनाउदै थें मलाई" एकै सासमा भनें। अविश्वासका आँखाले साउती मार्दै सोधे,"टिकट खै त!" प्रश्न भुइँमा खस्न नपाउदै दिपकले बेलिबिस्तार लगाए-"गाउँको दाईको गाडी हो। टिकट फिक्स्ड छ। बरु सामान रेडि पार।" हाम्रो मनमा खुशीको लड्डु फुट्यो।

असोज १५ गते लाग्यौ हामी बसपार्क। साथीहरुको मनमा के बिचार पलाइरहेथ्यो,थाहा छैन तर मलाई भने लागिरहेथ्यो घरै बसपार्क हो। हामी घर जाँदै छौं। हामी चढेको ट्याक्सी कोटेश्वर, तिनकुने हुँदै बसपार्क लाग्दा सिमसिमे पानीले ट्याक्सी नुहाउदै थियो। हामी भने घरको सम्झनाले निथ्रुक्क भिजेका थियौं। बसपार्क पुग्यौं। एकछिन् रमिते बन्यौं। मान्छेलाई अरुको पिडा देख्दा मज्जा आउदो रहेछ। हामी नि खुशी भयौं। लाग्यो रमिता हेर्ने दर्शक भयौ। खेलाडी होइन। नत्र कति सास्ती खप्नुपर्थ्यो।

हामीलाई बोकेर ल्याएको ट्याक्सी नेपथ्यमा बिलिन हुँदै थियो। दिपक सर टिकट काटिदिने गाउँले दाजुलाई कुनै इन्भेस्टिगेसन ब्युरोको सदस्यले जस्तै गरि खोज्दै थिए। फोनका बटनहरु बारम्बार थिच्दै पनि थिए। मान्छे स्वयं मान्छेको भिडमा अस्तित्व बचाउन नसक्दो रहेछ। दिपकलाई मान्छेको भिडमा रुमल्लिरहेको देख्दा यस्तै प्रतित भयो। केहि समय दिपकका आँखा चिल बनेर भिड भित्र हराए। जेटि र म मौन थियौं। विद्यार्थीलाई मान्छे "काउन्टेबल नाउन" हो भनेर उफ्रिने म, बसपार्कका मान्छे देख्दा आफ्नै ज्ञान माथि शंका लागिरहेको थियो।

करिब करिब २० मिनेटको मौनता पछि दिपक हाम्रो आँखा अगाडी आएर मुख चलाए - " उहाँ मेरो दाइ, बिकाश।" हामीले एकाअर्कासँग हात मिलायौ। सामान्य परिचय आदानप्रदान गर्यौं। त्यसपछि बिकाश दाइले डोर्याए, रोकिराखेका लामबद्द बसहरु भएतिर। अविवाहित केटि असारमा हरियो चुरामा सजिए झैं हरियो रङ्ग पोतिएको बसले मन बहुलठ्ठी बनाइसकेको थियो। दाइले झन् त्यही बसभित्र छिराउदै हाम्रो सिटसँग भलाकुसारी गराए। डिलक्स गाडी, फोल्डिङ्ग सिट, बसमा चढ्दै ओर्लदै गरेका यात्रु, ब्लाकमा सिट मिलाइदिन्छु भन्दै गरेका दलाल अनि आँखाभरी घर सजाएर बसेका केहि यात्रु सबैतिर नजर लगाईसकेको थिएँ मैले। "३ र ४ यो, अनि ५ यो। ल है त, सरहरु। राम्रोसँग घर जानुहोला। शुभ यात्रा।"-यति भनेर बिकास दाइले पाहुना हुनुको अनुभुति गराए। मलाई कुन्नी किन उनले "सर" भनी गरेको सम्बोधन पटक्कै चित्त बुझेन। हामी झोला राखिवरी सिट कब्जा गर्न तर्फ ब्याकुल भयौं। ३ र ४ नंबरको सिटमा दिपक र जेटि बसे। मैले चाहिं ५ मा आफ्नो शरीर बिसाएँ।

बसपार्कबाट छुट्ने बस कछुवाको गतिमा बामे सर्छन्। काठ्माण्डौंलाई आफ्नो नागरिकता जिम्मा लाएदेखी बुझेको ध्रुबसत्य कुरा थियो यो। हाम्रो बस, टिकटमा इंगित गरिएको समयभन्दा २० मिनेट ढिलो छुट्यो। गाडीभित्रका यात्रुहरु कैदीजस्तै देखिन्थें। भिड गाडीको घ्यर्घ्यारसँगै बढ्दो थियो। हामी गफगाफमा र बाहिरको परिदृश्यमा तल्लिन भयौं। गाडी चक्रपथको बाटो छिचोल्दै कतिखेर कलंकी आइपुगेछ पत्तै चलेन। बसपार्क पछिको बसपार्क हो कलंकी जहाँ मान्छेको मोलमोलाइ गाडीको सिटसंग गरिन्छ। पुष्टकारी, चिसो पानी, .......पत्रिका, लेज, कुर्कुरे, ...........घडी, चस्मा, सिक्री, औठी,.......अनि तन्ना बेच्नेहरुको जन्तीले हर कोहिको बेचैनी बढाउँदो थियो। गाडी जति रोकिन्थ्यो मनमा तनाव त्यति बढ्थ्यो। कलंकीमा पनि लगभग १५ मिनेटको भलाकुसारी पश्चात् गाडी बामे सर्न थाल्यो। कोही आएर मेरै छेऊ केहि नभनी बसेको महसुस गरें। झ्याल बाहिरको दृश्य कैद गर्दै गरेका मेरा आँखा सिटतिर तानिए। यतिबेरसम्म आफ्नै छेउको सिट खाली छ भन्नेसम्म बिर्सेको रहेछु। कसैको स्पर्शले महसुस गरायो। तानिए एकाएक मेरा आँखाहरु अपरिचित भएतिर।

अँध्यारोमा नि धपक्क बलिरहेको अनुहार। ढाडसम्म खुल्ला छोडिएको केशरासि। बाटुला काला आँखा। कुनै स्केच बनाउदा कोरिएका रेखा झैं आँखीभौं। आँखीभौं बिचमा हिमालझैं टल्किरहेको रातो टिकि। चुच्चो परेको नाक। पिपलपाते ओठ। पहेंलो कुर्तासुरुवाल। बादलझैं भ्रम पैदा गर्ने सेतो चुन्नी। सिनित्त परेको पातलो शरीर। होम गर्दा बालिने अगरबत्ती झैं शरिरबाट निस्किरहेको अत्तरको बासना। हातमा एउटा कफि कलरको ह्यन्ड्ब्याग। ह्यन्ड्ब्यागबाट चिहाइरहेको रातो रुमाल। मेरो मन नतानेको कुनै कुरा थिएन। म रक्सीले लठ्ठ बनाएको जड्याहा झैँ पुकलित भैरहेको थिएँ। मैले एकटकले हेरेको थाहा पाईन् क्यारे अलि सजक भईन्। सम्हालिईन्। उनलाई भन्दा अफ्ठ्यारो मैले महसुस गरें र टाउको बिपरित दिशातर्फ मन नलाई नलाई पनि बटारें।

मनभित्रको "ट्रेलर" नै खत्तम भो भन्ने लागिरहेथ्यो। "क्लाईमेक्स"ले पैठेजोरी खोजेजस्तो अनुभुत भै'रहेथ्यो। भन्छन् नि मान्छेको असली परिक्षा अफ्ठ्यारो स्थितिमा हुन्छ। परिक्षा प्रश्नपत्र बिनै दिनुपर्छ- चिताएको थिइन। स्थितिलाई सामान्य बनाउने हेतुले आफै मुख फोडें-तपाईँ कहाँसम्म? पश्चिम - निकै सुख्खा जवाफ थियो। पुर्व जाने त गाडी नै होइन- हावामा तिर चलाउदै भनें। बुटवल- उनले मुस्कान दाईजो दिदै भनेकी थिइन्।  मलाई भने साथीहरुले जिस्काइरहेको निकैबेर देखी ख्याल नै गरेको रहेनछु। उनि भर्खर खुल्दै थिईन्। म भने सुस्ताउदो भएँ।

गाडी उबडखाबड घुम्तिहरु छिचोल्दै अगाडि बढ्दै थियो। धार्केको साइनबोर्ड गाडीको उज्यालोमा कतै बिलिन भयो। निद्राले निम्तो दिन बिर्सिएको थियो सायद। आँखामा बेचैनी महसुस गरिरहेको थिए। मुटु बिनाअर्थ अलि बेस्सरी धड्कदै थियो। चाहेर पनि आफुलाई आफ्नो काबुमा बाँध्न सकिरहेको थिइन। बाहिरको अन्धकार जस्तै निस्पट्ट अँध्यारो भै'रहेको थ्यो मेरो चेतन मस्तिष्कको संसार। लागिरहेथ्यो मलाई कसैले सम्मोहित गरिसकेको छ। तपाई काठ्माण्डौँमा के गर्नुहुन्छ- मेरो मौनता चिर्दै भनिन् उनले। पढ्दै छु- निर्दोष बालकले झैं उत्तर दिएँ। "
कुन लेभल, कहाँ पढ्नुहुन्छ?"
"मास्टर्स, टि.यु."- जस्तो पश्न उस्तै उत्तर दिदै भनें।
तपाई नि? - मैले प्रश्न सोध्ने आँट जुटाए।
"पढ्छु तपाईले जस्तै तर त्यति धेरैमा चाहिं होइन। प्लस टु फाईनल एयर।"
कलेजको न्वारन चाहिँ अहिलेसम्म भएको छैन?- मुस्कुराएको हेर्न चाहन्थें म।
"हा हा हा.... सेण्ट जेभिएर्स, मैले चिन्नु अगाडि नै न्वारन गरिसक्या छन् ।" - उनको स्वतस्फूर्त हाँसोले मनमा खुशिको सुनामी ल्याइदियो। यस्तै कुराकानीमा मग्न थियौं हामी। बसका प्रायः यात्रुहरू पनि निदाइसकेका थिए। बस १२ बजेतिर रामनगर खाना खान रोकियो। आधी रातमा कसलाई के खान मन लाग्दो हो र! थोरै मात्र यात्रुहरु बसबाट ओर्लिएका थिए। ओर्लिएका मध्ये पनि धेरैजसो चिया, चटपटे, चाउमिन, चिसो, चाउचाउ मै ब्यस्त देखिन्थें। निदले। निदले लोलाएका उनका आँखालाई दु:ख दिदै ओर्लिए म बसबाट। सँगै ओर्लिए दिपक र जेटि पनि। त्यसपछी के चाहियो- के छ? कुरा कहाँ पुग्यो? डेटिङ्ग कस्तो चलिरा'? भन्दै जिस्काउन लागे दुबैजना। मेरो भने मन लाजले रातो-निलो भईसकेको थियो। आफ्नो लाज चाउमिनसितै निले मैले। साथ दिए साथीहरुले पनि। चियासँगै खाजाको बिधिवत् अन्त्यष्टी गरियो। सबैले आ-आफ्नो खाजाको पैसा तिर्यौ। बसले पनि निर्धारित समय समाप्त भएको जानकारी आफ्नो घ्यारघ्यार आवाजसँगै दियो। सबैजना बसभित्र चढे। हामी पनि बसभित्र छिर्यौ। छिर्नु अगाडी एक बोत्तल चिसो कोक किनें। खलासीले गाडीको ढोका ढक्ढकायो। अनि धोद्रो स्वर निकाल्दै गाडी बढ्यो गन्तव्यतिर।

सिटमा गएर बसेपश्चात् लाग्यो- खाना खान नबोलाएर गल्ती गरेँ। तिमी खाजा खान निस्किनौ?- मनभित्रबाट स्वच्छन्द निस्किएको प्रश्न थियो यो। मेरो मनले "तपाईं"लाई "तिमी"ले प्रतिस्थापन गरेको थियो। "उहुँ, केहि खान मनै छैन।"- आधा निद्रा आँखामा साँचेर बोल्दै थिईन् उनि। "लौ! कोक खाऊ। अलिकति फ्रेस होऊ।"- हक जताउन मन लाग्यो। "कोक नि खान्छौ है! पिउने कुरा केहि छैन?" निदमै प्रहार गरेको व्यंग्य मलाई निकै मिठो लागिरहेको थियो। हामी नजिकिएको आभाष भैरहेथ्यो। कम्तिमा हामिले अपिरिचितलाई झैं हजुर,तपाईं भन्न छोडिसकेका थियौं । मैले केहि नसोची कोकको बोत्तल उनको हातमा थमाए। उनले बोत्तलबाट ३ घुट्की पिईन्। कोकसँगै मेरो आत्मा पनि आफुमा समाहित गरिन्।

कुरा गर्दा गर्दै गाडीमा कतिखेर निदाएछौं र सुर्यले बाजी मारेछ पत्तै भएन। झल्याँस्स ब्युतिंदा गाडीको खलासी "चौराहा झर्नुस्" भन्दै लेद्रो तान्दै थियो। गाडीमा धेरैजसो सिट खाली भईसकेका थिए। मनमा खुशीले परेड खेलिरहेको थियो। तर कताकता मनको एउटा कुनामा काँडाले घोचिरहेको झैं अनुभुति भईरहेको थियो। कसैसँग बिछोडिदा यति पिडा हुन्छ भनेर सोचेको पनि थिईन। मेरो मनबाट छचल्किरहेका प्रेमिल आँशुको गंगा आँखाको बाँध बाधेर रोकिरहेको थियो। शरिर चिसिदै थियो। मुटुको बेग बिस्तारै कम हुँदै थियो। रक्तनलिहरु रगत संचार गर्न नसेकेर लाचार भइरहेका थिए। सधैं दाहिने हुन् भनेर आशिर्वाद थापेको म आज दैव दायाँबायाँ कतै हाजिर थिएनन्। सधैं मेरो मुटु भन्ने मेरा साथीहरु मेरो मुटुको स्तिथीदेखी बेखबर थिए। हावा उल्टो बहिरहेको थियो मेरा आशाहरु लिएर।  आलिङ्गनमा कस्न आत्तुर मेरा हातहरु बिदाई भन्न बाध्य थिए। मुटुको क्रन्धन मुखसम्म आएर फुट्न सकिरहेको थिएन। मेरो खुशिको पल बिसर्जित हुँदै थियो। समयको न आदि छ न अन्त भन्ने कथन झुठो लाग्दै थियो। मेरो पोल्टाको समय सकिदै थियो। सकियो।

नियतिले सबैलाई कहाँ खुशी दिन सक्छ र! उनिसँग छुटिएपछी घाइते बाध झैं धेरै दिन भौतारिए। छट्पटाए। अँध्यारोमा साईनो जोडेको सम्बन्धको अनुहार सम्झन खोजें। तर बर्खाको खोला जस्तै मेरो सम्झना धमिलिन्थ्यो र छिनभरमै धेरै टाढा बगेर इतिहास बन्थ्यो। बिल्नो इतिहास । टर्रो इतिहास। हावा इतिहास। उनको नाम सम्झन खोजें। अहँ, पत्तै पाइन। पछि चाल पाएँ, मैले उनिसँग सोध्दै सोधेनछु। आधुनिक डिजिटल जमानामा फोन नंम्बर माग्न सकेनछु। याद आयो "हुतिहारा" भन्दै आमाले गाली गरेको। "नालायक" भन्दै बाबाले धिक्कारेको। सबै सबै चरितार्थ भएको आभाष भईरहेथ्यो। तर शोक मनाउनु र आफैलाई सराप्नु बाहेक कुनै बिकल्प थिएन। र बिकल्प प्रयोग गर्दा कसैलाई फाईदा पुग्नेवाला पनि थिएन। त्यसैले, १५ दिनको दशैं बिदा रमाइलो कम, दशा बढी झेलेर काठमाण्डौं फर्कियौं। फर्किदा पनि हामी तीन- जेटि, दिपक र म- संगसँगै फर्कियौं।

राजधानीको काममा ब्यस्त भएको चार पाँच महिना पछि प्रमोद दाइसँग भलाकुसारी गर्ने मौका जुर्यो। उनि पेशाले पत्रकार हुन्। काठ्माण्डौंमा अनलाइन मिडियामा काम गर्दा रहेछन्। कुराकानीको सिलसिलामा दाइले राम्रो कुनै कथा छ भने देऊ न भनेर माग्नुभयो। मसँग कथा तयारी अवस्थामा थिएन। थियो त अपुरो जीवन अध्याय। त्यसैले, भनें- "मसँग अपुरो कथा छ, पुरा गर्दिने हो भनेदेखुन् पठाइदिन्छु।" "एकजनाले मसँग मागेर हैरानै पारि'राछे। मसँग पुरा न अपुरा, कथै छैन। जस्तो छ अलिकति फिनिसिङ्ग दिएर पठाइदेऊ न! म मेल आईडी दिम्ला उसको।" प्रमोद दाइले आफ्नो ब्यथा पोखे। मनमनै सोचें, आफ्नो जीवनमा लागु हुन नसकेको कथा कुनै अनलाइन मिडियालाई काम लागे नि कथाको अस्तित्व रहन्छ। दुईदिन पश्चात्  दाइले मेल आईडी म्यासेज गरि पठाइदिए। दाइले पठाइदिएको मेलमा "एडिट र फिनिसिङ्ग गर्न बाँकी कथा" सब्जेटको रुपमा लेखेर अहिलेसम्म जे जति सकेको थिए, त्यस्तै पठाइदिए। २/३ दिनसम्म कुनै रेस्पोन्स आएन। मनमनै लाग्यो- फेरि बक्रा बनें।

शुक्रबारको दिन। बिहानै क्याम्पस हानिए पढाउन। कक्षामा पढाइरहदा म्यासेजको घण्टी बज्यो। फोन हेरें। इमेल रहेछ। लेखिएको थियो- "म तपाईलाई भेटेर केहि कुरा गर्न चाहन्छु। माफ गर्नुहोला, तपाईलाई नभेटि, कुराकानी नगरी एडिटेट कथा छप्न मन लागेन। म पर्खिनेछु। रातो भालेमा। ठिक ५ बजे।" अचम्म लाग्यो सर्जकले नै छाप्नु भनिसकेपछि किन दु:ख बिसाएको होला भनी। कसैलाई केहि खबर नगरी ठिक समयमै पुगेँ - रातो भाले। ३ पृष्ठ लामो कथा थमाउदै एउटी फुच्चि नानीले "कङ्ग्राचुलेसन" सुनाई। कथा मेरो थियो तर अन्त्य अरु कसैको। कौतुहल जाग्यो फिनिसिङ्ग कस्तो भयो त! घोत्लिए सफेद पानामा कोरिएका अश्वेत अक्षरमाथी। कथामा भिज्दै गएँ। पुराना यादहरु एकाएक ताजा हुँदै गए। ढुकढुकी पहिलेको झैँ बेचैन हुन थाल्यो। कसैको शरीरबाट आईरहेको अत्तरले मेरो एकाग्रता भङ्ग गर्ने प्रयास गरिरहेको थियो। निक्कै कोशिस गर्दा पनि नाक र आँखाको सन्तुलन कायम गर्न सकिन र फर्किए अत्तरको खानि तर्फ।

निर्दोष तर परिचितअनुहार। बग्दै गरेका आँखा। झस्किएँ। लाग्यो सपना हो। त्यसैबेला काप्दै गरेका ओठ चलायमान भए - "आरोहण, तिमी म बिना जति तड्पियौ नि, म पनि उति नै तड्पेकी छु। गल्ती हामी दुईटैको थियो, मनको आवाज मुखले खोल्न सकेनौं। तिम्रो र मेरो बसको यात्रा भाग्यले जुराएको हो। फर्केर फेरि तिम्रो कथा मैले नै एडिट गर्नुपर्ने संयोग नि भावीको लेखा थियो। मलाई अब कहिल्यै छोडेर नजाऊ है!"  जीवनमा पहिलोपल्ट एहसास भयो, साँचो प्रेममा "आई लभ यु" नभनेरै पनि प्रेमको इजहार हुँदो रहेछ। पहिलोपल्ट यो वाक्य आफैमा फिक्का फिक्का लाग्यो। जुन नभनेरै पनि प्रेमको आँकुरा पलाउदो रहेछ। झाँगिदो रहेछ। म अवाक् थिएँ। उनलाई कसिलो आलिङ्गनमा बेर्दै सुँक्क सुँक्क गर्दै थिएँ म। यसपाली अरु सबै रमिते थिएँ मेरो जीवनकथाको, म स्वयं खेलाडी, अवन्तिकाको जीवन खेलाडी।


My Youtube Channel

News and Research Class 11 Class 12

Page Views