Tuesday, June 20, 2017

ब्यापार

लासका पत्र पत्रहरुबाट चोइटाएर एक एक अङ्ग प्रत्यङ्ग
मोलमोलाइ गर्दैछ एक विद्वान्
बस्तुभाऊको सिनो
र
बेच्दैछ सिनो भित्रको पौष्टिकता
अनि जोड्दैछ एक एक ईटा
आफ्ना सन्तानका निमित्त
जोड्न कुब्ला खाँको सिसमहल ।

अचानोमाथी पटक पटक प्रहार गरेर
पैसाको सनासो
हाँसो बेच्दैछ मान्छेहरुका चिहान घरहरुमा
अनि बुन्दैछ सपना आफ्ना लालाबालाहरुलाई
चोटपटक केहि नलागोस् भनी
आफ्नै जीवन टालटुल पारेर
निमिट्यान्न पार्दो छ
अरुको जीवनरुपि घाम ।


My Youtube Channel

News and Research Class 11 Class 12

Page Views