Thursday, June 25, 2020

देशमा...

म छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्,
मर्छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्।।

निस्तो माटो चिरेर कोदो फलाउने किसान
जीवनजल नपाएर मर्दछ  एक बिहान
देश मरेको छ, जनता मारेको छ अनि आफू हाँसेको छ
चिल्लो गाडिभित्र के थाहा एउटा गरिव कसरी बाँचेको छ
गरिवका बाटाहरु चिरिएका छन्
भाग्यहरु संसद भवनभित्रै निचोरिएका छन्
हरेक बिहान रङ्गिन पर्दामा रङ्गिन सपना देखाउन आउछ हिटलर
र बीच सडकमा गरिन्छ यहुदिहरुको कारुणिक बलात्कार
सरकार छ, सरोकार छैन र पनि भन्छ बेकार छैन
के गर्नु
म छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्,
मर्छु भनेर स्विकार्न नसक्नेहरु देशमा छन्।।


Wednesday, April 8, 2020

'लक डाउन'

हिमालतिर हेर्छु र घोरिन्छु-
नितान्त एक्लो छ, समाजका अङ्गहरुबाट टाढा
त्योभन्दा माथिको विशाल गगनलाई नियाल्छु र सोच्दछु-
यो पनि त एक्लो छ, असमाजिक छ।
अनि सम्झन्छु सामाजिक सरका उद्दरणहरु
जो सधैं मलाई "एक्ट्रोभट" हुन उद्देलित गराइरहे
मेरा छरछिमेकी जो मलाई 'सुत्केरी' भनेर खिज्याइरहे
मेरा साथिहरु जो मलाई 'लाटो' बनाएर जीवनभर हाँसिरहे।

म हिमाल जस्तै अटल बन्न चाहे
वायु जस्तै शितल बन्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि चिच्याइरह्यो ।

सबै ज्वारभाटा निलेर एउटा समुन्द्र निदाएको हुन्छ
सम्पुर्ण शरीर जलाएपछि हरबिहान घाम उदाएको हुन्छ
तर सधैं घङ्घङीमा चल्ने सामाजिक भनाउँदो हर-एकलाई
बर्षा यामको भ्यागुतोको ट्यारट्यार समाजिक लाग्दो हो
बतासको बेमौसमी बेगमा सायद बेपनाह प्यार देख्दो हो

आफ्नै वरिपरिका बुझ्रुकहरु बुझ्न खोज्दा खोज्दै
सुइको पाउँछु – यी सबै पतुर कुरा गर्न खप्पिस छन्
जे सत्य भन्दैछन् त्यहीँ कुरा नै मिथ्या छ
जे मिथ्या सम्झिरहेछ्न्, उसैमा जीवन बाँचिरहेछ्न्
जसले मलाई गाउँ डुल्न सुझाए, उनैहरु घर बन्द गरेका छन्
जसले बोल्न उक्साए, आज कतै गुमनाम जिन्दगी बाँच्दै छन्
अजिव लाग्छ परिवर्तन भइरहने सत्य र ध्रुबसत्य देखेर
जहाँ मलाई सामाजिक बन्न कसरत गराइयो
आज त्यहीँ एक्लिन भनिदै छ
जहाँ भेट्घाट र भोजभतेरमा सम्बन्ध साटिन्थें बाँधिन्थें
आज त्यहीँ सामाजिक दुरी नै सुरक्षा मानिदो छ

फगत
म हिमाल जस्तै अटल बन्न चाहे
वायु जस्तै शितल बन्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि चिच्याइरह्यो ।

सबै पिरब्यथा पिएर एउटी आमा मुस्कुराउछे
सारा बोझ बोकेर प्रकृति, चैत- बैशाख आँकुराउछे
प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो रहेछ
एक्लिनु र छुटिनु त हाम्रो नियती भएछ
भेटिनु र बोल्नु मात्रै सामाजिक हुन्थ्यो भने?
नभनेरै हुने प्रेम सामाजिक किन हुन्थ्यो?

सधैं सधैं मैले मलाई बुझ्न चाहे, आत्मा बुझ्न चाहे
हर समय शुन्यताको कोलाहलमा आफू रम्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि एकान्तमा चिच्याइरह्यो ।



Saturday, January 11, 2020

मलाई पनि त राम्रो मान्छे बन्नु थियो ...












मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
जुन कुरामा मलाई बढी झुकाव थियो
दैवलाई त्यसैमा सायद असहमती थियो
२०१७, १८ र १९लाई  फर्केर हेर्न खोज्छु
थाहा छैन त्यसबेला समयलाई के भन्नु थियो
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
एकपछी अर्को गर्दै आफ्ना गुमाएँ, आफुँ गुमाएँ
त्यसपछी हो, मैले आँफैलाई चिन्न पाएँ-
महाँस्दा हाँस्नेहरु म रुँदा थिएनन्
आज लाग्छ सायद उनिहरु मेरो तग्दिरमै थिएनन्
जे होस् त्यो बेला...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
प्रयास नै नगरेको होइन त्यो पिडा सम्हाल्न
भगवानको झोली खाली थियो सायद यो तक्दिर बदल्न
लुकेर रोएँ, लुकेरै सहेँ - पिडाको खिल मुटुमा थियो
दुनियाँ हाँस्न भन्थ्यो - म रोएर रात कटाएँ
रुँदा रुँदै जे बाँचे आज लाग्छ त्यो जीवन थियो
खैर...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
नयाँँ बर्ष नयाँँ पैगाम लिएर आउँछ भन्छन्
दु:खको दियो समयसँगै बुझिजान्छ भन्छन्
पात्रोसँगै प्रण नयाँँ लिनुछैन मलाई
इच्क्षा आफ्नै मारी मारी हाँस्नु छैन मलाई
अघि बढ्दा सम्झिनेछु हिजो समय कस्तो थियो
आफ्नै मन आँफैलाई किन त्यति सार्ह्रो सस्तो थियो
हिजो...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
नयाँँ बर्षमा नयाँ केही गर्ने छैन
बस्...
थालेका काम आधा अधुरा राख्ने छैन
बदल्नु छ यो भाग्य हिजो जे जस्तो थियो
अनि भन्नेछन् कोही कसैले त...
"कुनै बेला ऊ पनि मजस्तै थियो
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
जिन्दगीको इरादा सायद फरक थियो...!!"


My Youtube Channel

News and Research Class 11 Class 12

Page Views